365 जना ले पढेको
नेता नौसाद आलमको छोरा सवार मोटरसाइकलले ठक्कर दिदा पाण्डेको निधन

रौतहट २६ असार । मोटरसाइकलको ठोक्करबाट गौर नगरपालिका वडा नं.७ घर भएका ६० वर्षीय नन्द किशोर पाण्डेको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको छ ।
दिउसो साढे ३ बजेको समयमा भारतीय नम्बर प्लेटको अनटेस्ट गाडीले ठक्कर दिई घाइते बनाएका थिए ।
ठक्कर दिनेमा परोहा नगरपालिका वडा नं. १ जिगडवा घर भएका तरुण दलका जिल्ला सभापति मोहम्मद नौसाद आलमको १६ वर्षको छोरा हर्ष आलम रहेका छन् ।
साथै मोटरसाइकलमा सवार गौर नगरपालिका वडा नं. ५ घर भएका अच्छेलाल यादवको १६ वर्षको छोरा धिरज कुमार यादवको टाउको र दातमा चोट लागेको छ भने गौर वडा नं.३ घर भएका राजमंगल साहको १६ वर्षको छोरा सुमित कुमार साहको दागिने हात र खुट्टामा चोट लागेको छ ।