75 जना ले पढेको
जिल्ला प्रहरी कार्यालय राैतहटले आयाेजना गरेको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

रौतहट १६ बैसाख । जिल्ला प्रहरी कार्यालय राैतहटले आयाेजना गरेकाे ३ दिवसीय डबल्स ब्याडमिन्टन प्रतियोगिताकाे सम्पन्न भएको छ।
गाैर दालमिल आयाेजित प्रतियाेगिता आज सम्पन्न भएको हाे ।
प्रतियोगिताको अन्तिम खेलमा प्रथम उपाधि प्रहरी निरीक्षक दिनेश बहादुर कुँवर र प्रहरी नायव निरीक्षक युवराज खड्कालाई प्रदान गरिएको छ।
त्यस्तै दाेस्राे उपाधि प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादव र सशस्त्र प्रहरी बल गाैर भन्सारका प्रहरी नायब उपरीक्षक सुर्यप्रसाद तिमल्सिनालाई प्रदान गरिएको छ।
त्यसैगरी तेस्रो बिजेताकाे उपाधि प्रहरी निरीक्षक लोकेन्द्र जि.सी. र प्रहरी जवान शिवनाथ प्रसाद यादवले पाएका छन ।
कार्यक्रममा जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्र ,जिल्ला प्रहरी कार्यालय राैतहटका उपरीक्षक बिरबहादुर बुढामगर, सशस्त्र प्रहरी बल राैतहटका प्रहरी उपरीक्षक माधव रेग्मी,अनुसन्धानका प्रमुख चन्दन कुमार झा, उपसचिव भुदेव झा र नेपाल पत्रकार महासंघ राैतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा लगाएतको अथितीहरुको उपस्थिति रहेको थियो।