229 जना ले पढेको
डाइभर्सनको नाममा पुर्व मेयरको २५ लाखमा पानीमा, उक्त ठाउँमा मेयर अजय प्रकशले पक्की पुल बनाउने

रौतहट २६ असार । कटहरिया नगरपालिकाका पुर्व मेयर सियाराम कुशवाहाले आफ्नै गाउँ वडा नं.२ जमुनियामा २५ लाखको लागतमा ३ वटा होमपाइप राखी बनाएको डाइभर्सन पुल समान्य वर्षाको पानीले भाचिएर बाटो अबरुद्ध भएको छ ।
उक्त बाटो एउटै गाउँको दुई बस्तीलाई जोड्ने काम गर्छ । बाटो अबरुद्धले पारी पट्टि घेतीबारी भएका किसानको लागि ठूलो समस्या बनेको छ । जसको फलस्वरूप हाल सम्म पनि पारी पट्टीको धेरै जसो खेती बाझै रहेका छन् । र सोही गाउँको अर्को ठाउँमा पनि यस्तै समस्या रहेको छ । ओरालो भएर हिलोको बेला गाडी/पैदल आवतजावत गर्न कठिन हुने गर्छ ।
समय मै उक्त दुई बाटोहरु बनाउन नव निर्वाचित मेयर अजय प्रकाश समक्ष जनगुनासो आएपछि मेयर प्रकाशले स्थलगत निरिक्षण गरेका छन् । निरीक्षणको क्रममा मेयर प्रकाशले उक्त डाइभर्सन भएको ठाउँलाई हाल मर्मत गरि पछि पक्की पुल बनाउने प्रतिबद्धता गरेका छन् । भने ओरालो भएको ठाउँमा वर्षाको बेला हुने समस्यालाई अन्त्य गर्न पक्की ढलान पनि गर्ने प्रतिबद्धता समेत गरेका छन् ।