540 जना ले पढेको
मेयर बन्न प्रदेश सांसद पदबाट राजीनामा

रौतहट । मधेश प्रदेशको रौतहटको क्षेत्र नम्बर ४ ख बाट निर्वाचन जितेको मधेश प्रदेशका संसद शेख अबदुल कलाम आजाद उर्फ फुलबाबुले आफनो पदबाट राजिनामा दिएका छन ।
रौतहटको गढीमानइ नगरपालिकाको मेयर उम्मेदवार बन्ने भएपछि उनले राजिनामा दिएका हुन । मधेश प्रदेश सभाका आर्थिक बिकाश सभापति समेत रहेको अजादले शुक्रबार राजीनामा दिएका हुन् ।
स्वतन्त्र उम्मेदवार भई प्रदेश सांसदमा निर्वाचित उनी पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका थिए । उनले गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिएको बताएका छन् । उनले प्रदेश सभा सचिवालयमा राजीनामा पत्र बुझाइसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनी नेपाली कांग्रेसका पुराना नेता पनि हुन ।
नेपाली कांग्रेस त्यागेर उनी गत २०७४ सालको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका थिए । प्रदेश संसद भएपछि उनी जसपामा लागेका हुन ।