358 जना ले पढेको
आइबिए की जेसिका बनिन उत्कृष्ट वक्ता

रौतहट २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिलको सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा आइबिए बिद्यालयकि कक्षा सातकी जेशिका साह प्रथम भएकी छिन । कुल १७ जना सहभगि छात्र, छात्रामा आइबिए बिद्यालय प्रथम हुन पुगेको हो । दोस्रोमा मावी ५ का अबिनिस यादब, र तेस्रोमा मित्र मेमोरियल विद्यालयका आर्यन गुप्ता भएको हो ।
सावन यादबको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, लगायत विशिष्ट अतिथिमा पुर्ब पत्रकारमा संघका अध्यक्ष सैलेन्द्र गुप्ता, नेता ललन यादबको उपस्थिति रहेको थियो ।
उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाइ मेयर साहले पुरस्कार र शिल्ड प्रदान गरेका थिए।
मेयर साहले प्रतियोगिताले बाल बालिकाको बोल्ने सक्तिमा सहयोग गर्ने कुरामा चर्चा गरे ।प्रतियोगितामा अभिभावक र सयौं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।