240 जना ले पढेको
विज्ञान र प्रविधिको युगमा इन्टरनेट अपरिहार्य:- मेयर कन्थमणी प्रसाद जयसवाल

रौतहट असोज ०५ । रौतहटको गरुडा नगरपालिकाको नगर प्रमुख निर्वाचित कन्थमणी प्रसाद जयसवालले आफ्नो चुनावी प्रतिबद्धता अनुसार नगरपालिकाको हरेक वडाको टोल-टोलमा फ्री वाई-फाई जडान गर्न थालेका छन् ।
सोहि अनुरुप आज गरुडा ६ पोठियाहीमा यसको उद्घाटन गरी जडान कार्यको सुरुवात गरिएको छ । वर्ल्ड-लिंकको सहकार्यमा वाई-फाई ९ वटै वडाको टोल-टोलमा विस्तार गरिने छ ।
मेयर जयसवालले भने वाईफाई सेवाको जडानले सुचना र जानकारी प्राप्त गर्न सर्वसाधारणलाई सहज हुनेछ । विज्ञान र प्रविधिको युगमा इन्टरनेट अपरिहार्य रहेकोले नगरपालिकाबाट प्रवाह हुने सेवासुविधालाई प्रविधिमैत्री बनाउदै लगिने छ ।