178 जना ले पढेको
रौतहटमा स्वारी दुर्घटनामा परि एक जनाको मृत्यु

रौतहट , २ बैशाख । रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको बृन्दावन नगरपालिका ९ भुसाह बस्ने ६० वर्षीय जनहिर पासवान रहेका छन्।
बिहिबार गौर–चन्द्रनिगाहपुर खण्ड अन्तर्गत डुमरियाबाट चन्द्रनिगाहपुरतर्फ तीव्र गतिमा जाँदै गरेको प्रदेश २–०३–००१ ज १९७ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको बा ४५ प २२४३ नम्बरको स्कुटीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको म्याजिकले नजिकै रहेको एक साईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
म्याजिकको ठक्करबाट स्कुटी चालक पासवान र साईकल चालक रौतहट चन्द्रपुर नगरपालिका ८ बैजनाथपुर बस्ने १२ वर्षीय सुवोध चौधरी घाइते भएका थिए ।
घाइते दुबै जनालाई उपचारको लागी चन्द्रपुर प्रालि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा साझ करिब ७ बजे स्कुटी चालक पासवानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तु जयसवालले जानकारी दिए ।
घाइते चौधरीको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।