92 जना ले पढेको
कटहरियामा भ्यासेक्टोमी तथा मिनिल्याप अप्रेशन क्याम्प सुरु

रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा भ्यासेक्टोमी तथा मिनिल्याप अप्रेशन क्याम्प सुरु भएको छ । स्वास्थ्य कार्यालय रौतहटको अयोजना र कटहरिया नगरपालिका स्वास्थ्य शाखाको सहयोगमा चार दिने शिविर आज देखि सुरु भएको हो ।
कटहरिया नगरपालिकाकी उप प्रमुख रिता देबी यादव एक कार्यक्रमका बिच सो शिविरको उद्धघाटन गरेकी छिन् ।
सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर संचालन भएका छन । सन्तानको रहर पुगी सकेका दम्पतीहरुमा बन्ध्याकरणको लागि सो क्याम्प सुरु गरिएको हो । पुर्वत सूचना अनुसार शुक्रबार देखि सो क्याम्प सुरु गरिएको हो । पहिलो दिनको कयाम्पमा बेलुका सम्म २५ जनाले बन्ध्याकरण गराएको कटहरिया प्रथामिक स्वास्थ्य प्रमुख अनिल कुमार साहले जानकारी गराए ।
उक्त अवसरमा स्वास्थ्य कार्यालय रौतहट प्रमुख सुरेश यादव, स्वास्थ्य संयाेजक सँजय जयसवाल, सह-संयोजक हरिनारायण साह, दिनेश प्रसाद यादव, प्रा.स्वा.के.प्रमुख डा.अनिल साह, डा.धर्मेन्द्र पटेल पटेल, कृष्णनन्द सोनार, बिनोद गुप्ता,उमानन्द प्रसाद साथै महिला स्वास्थ्य स्वयंसेविका र अन्य स्वास्थ्यकर्मी उपस्थिती थिए ।