559 जना ले पढेको
रौतहटबाट हातहतियार सहित मानिस पक्राउ

रौतहट असार ०३ । रौतहटको मौलापुर नगरपालिका वडा नं.५ मौलापुरबाट हतियार सहित दुई जना मानिस पक्राउ परेका छन् । असार १ गते बेलुका ५ बजेको समयमा ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी चेकजाँच टोलीले मौलापुर स्थित आईटी चौकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा बिरगंज तर्फबाट आउँदै गरेको UP57F-3238 नं.को खरानी रंगको हिरो होण्डा स्पलेन्डर मोटर साइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनि लुकाई छिपाई राखेको अबस्थामा कटुवा पेस्तोल १ थान, 7.62 MBO EO OFV लेखिएको गोली १ राउण्ड पक्राउ परेका त्गिए ।
सर्लाही मंलगवा नगरपालिका वडा नं.७ बस्ने बर्ष ४५ को मोटरसाइकल चालक उमेश राय र पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ६५ को मोहन राय समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी सम्मानित गौर जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको रौतहट प्रहरीले बताएका छन् ।